काठमाडौँ । देशका विभिन्न कारागारबाट कैदीहरु भाग्नेक्रम जारी रहेको छ ।
सहकारी ठगी प्रकरणमा ललितपुरको नख्खु कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेदेखि नख्खु कारागारमै जनकपुर बम काण्डमा दोषी ठहर भई १२ वर्षदेखि जेल सजाय काटिरहेका पूर्व राज्यमन्त्री टकलासमेत जेलबाट निस्केका छन् ।
काठमाडौँ उपत्यकामा कारागारबाट भागेका कैदीले गएराती विभिन्न स्थानमा लुटपाटमा संलग्न भएको पाइएको छ । विभिन्न जिल्लामा कारागारबाट भागेका कैदी जिल्ला अदालत गएर आगजानी गरेको समेत पाइएको छ ।
अहिलेसम्म ललितपुरको नक्खु कारागारबाट १२ सय, काठमाडौँको डिल्लीबजार कारागारबाट ११ सय, सुनसरीको झुम्का कारागारबाट १५७५, कास्कीको कारागारबाट ७७३, कैलाली कारागारबाट ६१२, महोत्तरीको जलेश्वर कारागारबाट ५७६, चितवनबाट ७ सय, कन्चनपुर कारागारबाट ४५०, कपिलवस्तु कारागारबाट ४३१, रौतहटको गौर अदालतबाट २६०, दाङ कारागारबाट १२४, जुम्ला कारागारबाट ३६, बझाङ कारागार बाट ६५ जना भागेको पाइएको छ । प्राप्त जानकारी अनुसार मकवानपुरको भीमफेदी कारागारबाट समेत साढे २ सयभन्दाबढी कैदीहरु भागेका छन् ।
प्रतिक्रिया