काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा खतरामुक्त रहेका छन् ।
स्वकीय सचिव भानु देउवाका अनुसार देउवादम्पत्तिको काठमाडौँस्थित अस्पतालमा उपचार भइरहेको छ ।
देउवादम्पत्तिलाई बुढानिलकण्ठस्थित आफ्नै निवासमा आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा धारिलो हतियार प्रहार भएको छ । दुवैको एमआरआईसहित सबै किसिमको स्वास्थ्य परीक्षण गरिएको र दुवै खतरामुक्य रहेको बताइएको छ ।
आन्दोलनकारीले देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा अवरोध गरेपछि सेनाले मंगलबार साँझ मात्र काठमाडौंस्थित एक अस्पतालमा पुर्याएको थियो । सुरक्षाका कारण अस्पतालको नखोलिएको बताएको छ ।
प्रतिक्रिया