×

विश्वकप छनौटमा पोर्चुगलको लगातार दोस्रो जित

images

काठमाडौँ । पोर्चुगलले विश्वकप छनौट अन्तर्गत हंगेरीमाथि जित हासिल गरेका छन् । गएराती सम्पन्न खेलमा पोर्चुगलले हंगेरीलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो, बेर्नार्डो सिल्भा र जोआओ कान्सेलोले एक एक गोल गरेका थिए । त्यस्तै हंगेरीका लागि बारनाबास भार्गाले दुई गोल गरेका थिए ।

यो जितपछि पोर्चुगलले युरोपको विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ । समुह एफ मा रहेको पोर्चुगलको २ खेलमा ६ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै हंगेरीको २ खेलमा एक अंक मात्र रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

 

बुधबार २५ भदौ २०८२ ०८:१६ AM मा प्रकाशित

प्रतिक्रिया