काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईले प्रधानसेनापति अशोकराज सिग्देलसँग भेट गरेपछि जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै बालेन र शुशिला कार्की जो भएपछि नेतृत्व स्वीकार्न गर्न तयार रहेको छ ।
प्रसाईले प्रधानसेनापतिसँगको छलफलपछि आफुलाई नेतृत्वको मोह नरहेको बताउदै तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर नभाग्ने र जुनसुकै परिस्थितिको लागि पनि तयार रहेको बताएका छन् ।
उनले भनेका छन्-
आज दिनभर प्रधानसेनापति असोकराज सिग्देलज्यूसँग देशको पछिल्लो अवस्था र आगामी बाटो बारे गहिरो छलफल भयो । यस लामो छलफलपछिको मेरो निष्कर्ष स्पष्ट छ, 'मलाई नेतृत्वको मोह छैन ।' देशलाई जसरी निकास मिल्छ, त्यही नै मेरो प्राथमिकता हो । जेनजी पुस्ताको आवाजलाई सम्मान गर्दै म बालेनजी वा शुशिला कार्कीजी, जोसुकै तयार छन्, उनीहरूको नेतृत्व स्वीकार्न तयार छु । तर, कोही पनि अगाडि नबढ्दा पिठ्युँ देखाएर भाग्नु मेरो स्वभाव होइन। म जुनसुकै परिस्थितिको लागि पनि तयार छु । आजको बिषम घडीमा म सस्तो राजनीति र टिकाटिप्पणीमा लाग्दिनँ । अब चाहिएको कुरा हो, गम्भीरता, राष्ट्रिय एकता र रचनात्मक बाटोको खोज । सहज निकासका लागि सबैको साथ र सुझाव अपरिहार्य छ । यो हाम्रो पुस्ताको मात्र होइन, सम्पूर्ण राष्ट्रको भविष्यको प्रश्न हो । अब समय आएको छ, भावनाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा पर सोचेर, देशलाई बाँच्ने बाटो देखाउने हाम्रो साझा जिम्मेवारी पूरा गर्न ।
प्रतिक्रिया