काठमाडौं । गृह मन्त्रालयका सचिव फेरिएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका दिनेश भट्टराईलाई गृहमा सरुवा गरेको हो । गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सरूवा गरिएको छ।
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपम...
कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण र खाँणका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ
हाल गृह सचिव रहेका विनोदप्रकाश सिंहलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ । निवर्तमान गृहसचिव टेक नारायण पाण्डेलाई यसअघि सरकारले उपराष्ट्रपति कार्यालयमा सरुवा गरेको थियो ।
पाण्डेको उपराष्ट्रपति कार्यालयमा सरुवा भएपछि सिंहलाई गृहमा पठाईएको थियो । पाण्डे अहिले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेपछि प्रहरी हिरासतमा छन् । सिंहले गृहमा करिब सात महिना काम गरे । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान तीव्र बनाएका बेला सचिव फेरिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई सहसचिवबाट सचिवमा बढुवा गरेको थियो । बढुवा भएको १० दिनपछि असार १६ गते सिंहले कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारी सम्हालेका थिए ।
जिम्मेवारी सम्हालेको २ महिना पुग्ने बित्तिकै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले कोशी प्रदेश प्रमुख सचिवको पद रिक्त राखेर सिंहलाई गृह मन्त्रालयको सचिवको जिम्मेवारी दिएको थिए ।
जतिबेला गृहमन्त्रीको जिम्मेवारीमा काँग्रेसकै नेता बालकृष्ण खाण थिए । पछिल्लो समय सबैभन्दा थोरै समय प्रदेशमा बस्ने सचिव सिंह नै हुन् ।
सिंह २०७९ असार १६ गतेदेखि २०७९ भदौ २९ गतेसम्म मात्रै कोशी प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा बसेका थिए ।
प्रतिक्रिया