×

भुजुङ हाइड्रोपावरको आइपिओ बाँडफाँट

images

भुजुङ हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेको छ। आज बिहान ९ बजे बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आइपिओ बाँडफाँट गरिएको हो। बाँडफाँटमा ८३ हजार जनाले १०–१० कित्ताका दरले आइपिओ हात पारेका छन् भने बाँकी आवेदकको हात खालि भएको छ।

कम्पनीले माघ १२ गतेदेखि माघ १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ८ लाख ३० हजार कित्ता आइपिओ निष्कासन गरेको थियो। आइपिओमा कुल २५ लाख ७९ हजार ९२० जनाको आवेदन परेकोमा २५ लाख ३९ हजार ८ सय ९२ जनाको आवेदन मात्र योग्य भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

मङ्गलबार २८ माघ २०८२ ११:०३ AM मा प्रकाशित

प्रतिक्रिया