×

त्रिभुवन विमानस्थलका महाप्रबन्धक ठाकुर घुस मागेको आरोपमा निलम्बित

images

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई निलम्बन गरिएको छ । थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकाकारी दिए ।

उनले थाइ स्माइलको ग्राउन्ड ह्यान्डलिङलाई निरन्तरता दिन घुस मागेको पाइएपछि पर्यटन मन्त्रालयले ठाकुरलाई निलम्बन गरेको हो । ठाकुर पछिल्लो दुई वर्षयता विमानस्थलको प्रमुख पदमा कार्यरत थिए ।  निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ ।  

शुक्रबार​ २७ माघ २०७९ ०१:०० PM मा प्रकाशित

प्रतिक्रिया