काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आजका लागि तय भएका सम्पूर्ण औपचारिक कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री होमनाथ दाहालको शुक्रबार राति निधन भएपछि विशेष महाधिवेशन अन्तर्गत आजका कार्यक्रम स्थगित गरिएको विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले एक सूचनामार्फत जानकारी गराएका छन् । विशेष महाधिवेशन अन्तर्गत आज (शनिबार) भृकुटीमण्डपमा र्यालीसहितका कार्यक्रम तय गरिएको थियो ।
पुस २७ गते आइतबारका कार्यक्रमहरू भने यथावत रहने जनाइएको छ । काठमाडौंको भृकुटीमण्डपमा आइतबार विशेष महाधिवेशनको कार्यक्रम रहेको छ ।आचार्यले नेपालको लोकतान्त्रिक आन्दोलनका अथक साधक मूर्धन्य व्यक्तित्व कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री, वरिष्ठ पत्रकार दाहालको निधनले स्तब्ध बनाएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
प्रतिक्रिया