काठमाडौं- एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । आज मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता सेयर सूचिकृत भएको हो ।
कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको ५२ लाख ३२ हजार ५४५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो । कम्पनीको सूचिकृत सेयर बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनेछ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको सेयर सिम्बलबाट कारोबार हुने छ।
प्रतिक्रिया