×

ओलीले एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै

images

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज भक्तपुरमा पार्टीको कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् । 

एमालेको जिल्ला कमिटी भक्तपुरले सूर्यविनायक नगरपालिका- ७ गुण्डुमा आयोजना गरेको विशेष कार्यक्रमलाई ओली प्रमुख अतिथि रहने र सम्बोधन गर्ने एमाले नेता महेश बस्नेतले जानकारी दिएका हुन् ।

ओलीले पछिल्लो समय देशमा उत्पन्न असामान्य परिस्थिति र नेता कार्यकर्ताहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा सम्बोधन गर्ने बताइएको छ ।  प्रधानमन्त्रीबाट राजीनामा दिएपश्चात ओलीले दसैं अगाडि युवा संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी भएका थिए भने निवासबाटै पार्टीका बैठक र अन्य गतिबिधि शुरु गरेका छन् ।

 

बिहीबार २३ असोज २०८२ ११:०९ AM मा प्रकाशित

प्रतिक्रिया