×

काँग्रेसको पदाधिकारी बैठकमा के के भयो ?

images

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्सिरमै सबै काम सिध्याएर नियमित अधिवेशन नै गर्ने भन्ने विषयमा छलफल भएको छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाश शरण महत्तले विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्सिरमै सबै काम सिध्याएर नियमित अधिवेशन नै गर्ने भन्ने विषयमा केहि भिन्नताहरु रहेको र यसलाई छलफल गरेरै व्यावहारिक रुपमा नै समान सोच बनाएर अगाडी बढ्ने बताए ।

अहिलेको घटनाले राष्ट्रिय र पार्टीको अगाडी खडा भएको चुनौतीको कसरी सामना गर्ने, लोकतान्त्रिक पद्धतिमा देशलाई कसरी ल्याउने भन्ने विषयमा पदाधिकारीहरुले धाराणा राखिरहेको बताए । उनले बैठक भोली पनि बस्ने उनले बताए । महत्तले असोज २६ गतेदेखि बस्ने केन्द्रीय समितिको बैठकमा साझा धारणा बनाएर जाने विषयमा छलफल भएको उनले बताए  । उनले बैठकमा अहिले विशेष महाधिवेशन मङ्सिर भित्र गर्ने की मङ्सिरमै सबै काम सिध्याएर नियमित अधिवेशन नै गर्ने भन्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

साथै जेनजी आन्दोलनका क्रममा पार्टीका नेतामाथि भएको आक्रमण र राष्ट्रिय सम्पत्तिमा भएको तोडफोड र आगजनी गर्नेहरुमाथि तत्काल कारवाही गर्न कांग्रेसले माग गरेको उनले बताए । साथै उनले गृहमन्त्रालयले नै तोडफोड र आगजनीमा संलग्नलाई नै कारवाही नगर भन्ने अभिव्यक्तिले देशमा थप अशान्ति बढ्ने र निर्वाचन हुनेमा संसय हुने प्रवक्ता महतले बताए ।

आजको बैठकमा सभापति शेरबहादुर देउवा सहभागी नभएपछि उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको थियो । प्रवक्ता महतले असोज २६ गतेदेखि हुने केन्द्रीय समितिको बैठकमा सभापति देउवा सहभागी हुने समेत जानकारी दिएका छन् ।

बिहीबार २३ असोज २०८२ ०९:०० PM मा प्रकाशित

प्रतिक्रिया