×

सुर्य थापाको टिप्पणी- असंवैधानिक प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले चुनाव गराउदैनन्

images

काठमाडौँ । नेकपा एमालेका नेता सुर्य थापाले  प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले चुनाव नगराउने टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता थापाले चुनाव गराउने भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् भन्दै  लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य नभएको टिप्पणी गरेका हुन् ।

उनले चारवटा सुरक्षा प्रमुखहरूले गलत आदेश खारेज गरिसकेको बताउदै गैरकानुनी आदेशको न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुने बताएका छन् ।

उनले भनेका छन्-  

अनिर्वाचित, मनोनित र असंवैधानिक प्रधानमन्त्री सुशीला कार्की र ओमप्रकाश अर्याल जत्था चुनाव गराउने प्राणी हुँदै होइनन् । यिनका कामको आजीवन फेहरिस्तले बताउँछ- चुनाव फोबिया । चुनाव गराउने मति भए पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूलाई पक्राउ गर्न गैरकानुनी आदेश दिने थिएनन् ।

लोकतन्त्रमा हुल अफ ल किमार्थ स्वीकार्य छैन । चारवटा सुरक्षा प्रमुखहरूले यिनका गलत आदेश खारेज गरिसके । गैरकानुनी आदेशको त न्यायालयमा पनि चुनौती, परीक्षण र खारेजीको प्रक्रिया अवलम्बन हुन्छ नै । साथै, संविधान र कानुनविपरित चल्नेहरूलाई जनताले मंसिर लाग्दा नलाग्दै घिसारेर कहाँ पु-याउँछन्- सुशीला, ओमप्रकाश, बालेन र सुदने (दलाई लामा ग्याङ) ले हेक्का राख्न जरूरी छ । 

एक एक ऐतिहासिक सम्पदा, सरकारी कार्यालय, व्यक्तिगत घर-सम्पति र पार्टी कार्यालयसमेत जलाउने जल्लाद, अपराधी र हत्याराहरूले पानीमुनी वा पृथ्वीभरि जहाँसुकै पुगे पनि उन्मुक्ति पाउने छैनन् । राज्यबाट कानुनबमोजिम कारबाही नभए/नगरे टोलटोलबाट जनकारबाही हुनेछ ।

बिहीबार २३ असोज २०८२ ०९:३५ AM मा प्रकाशित

प्रतिक्रिया