काठमाडौं । हिजो मंगलबार दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ८५ अङ्कले बढेर दुई हजार ६ सय ६८ दशमलव १७ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, लगानी, जीवन बीमा र व्यापारबाहेक सबै समूहको शेयर बढेकोमा उत्पादन समूहको शेयर उच्च अङ्कले बढेको छ ।
आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज बजारसँगै कारोबार रकम पनि घटेको छ ।
हिजो चार अर्ब ५९ करोडभन्दा धेरैको कारोबार भएकोमा आज दुई सय ९४ वटा कम्पनीका ८३ लाख १२ हजार कित्ता शेयर तीन अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएका छन् । आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनीको २२ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ ।
प्रतिक्रिया