×

नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

images

काठमाडौं — नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीहरूलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफा तथा मुनाफा बाँडफाँड हिसाबबाट आफ्ना साधारण सेयरधनीहरूलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १५.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो।

यसैगरी, बैंकले पूर्वाधिकार सेयर (Preference Shares) तर्फ २१३ दिनको समानुपातिक आधारमा ८ प्रतिशत नगद लाभांश समेत प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरूलाई वितरण गरिने बैंकले जनाएको छ।

बुधबार २४ भदौ २०८३ १२:३७ PM मा प्रकाशित

प्रतिक्रिया