×

घट्यो सुनको मुल्य

images

काठमाडौँ । नेपाली बजारमा नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। बुधबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ४ सय रुपैयाँमा कायम भएको छ। अघिल्लो दिन मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घट्यो

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७५० रुपैयाँमा सीमित भएको छ। अघिल्लो दिन चाँदी प्रतितोला ४ हजार ७९० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्यमा प्रभाव परेको हो।

बुधबार २४ भदौ २०८३ १२:४० PM मा प्रकाशित

प्रतिक्रिया