×

नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन

images

काठमाडौं । धादिङको नीलकण्ठ माध्यामिक विद्यालयमा अध्ययनरत तीन जना बालिका बुधबारदेखि सम्पर्कविहीन भएका छन् ।

कक्षा ९ मा अध्ययनरत ती बालिका हिजो बिहान दश बजे विद्यालय गएका र त्यसपछि घर नआएपछि उनका अभिभावकहरूले खोजी कार्य सुरु गरेको हो । तीनै बालिकाहरूलाई खोजी गरिदिन उनीहरुका अभिभावक बिहीबार जिल्ला प्रहरी कार्यालय धादिङमा आएपछि प्रहरीको समेत सक्रियतामा उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले बताए ।

सम्पर्कविहीन बालिकाहरूमध्ये तीनै जना कक्षा ९ मा अध्ययनरत १४ वर्षीय रोशनी बिक, सुशिला तामाङ्ग र अस्मिता गुरुङ्ग रहेको उनीहरुका अभिभावकले बताएका छन् । बेपत्ता बालिकाहरु तीनै जना नीलकण्ठ नगरपालिकास्थित वडा नम्बर-३ मा आफ्नै परिवारसँग बस्दै आएका हुन् । उनीहरुको खोजीका लागि प्रहरीले सादा पोसाकमा प्रहरी परिचालन गरिसकेको जनाएको छ ।

शुक्रबार​ २५ साउन २०८१ ११:११ AM मा प्रकाशित

प्रतिक्रिया