संयुक्त राष्ट्रसंघको ७७औं महासभामा नेपाल एशिया–प्रशान्त क्षेत्रका तर्फबाट उपाध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएको छ ।
संयुक्त राष्ट्रसंघको ७७औं महासभामा एशिया–प्रशान्त क्षेत्रबाट नेपाल‚ मलेशिया‚ ताजिकिस्तान‚ तुर्कमेनिस्तान उपाध्यक्ष निर्वाचित भएका हुन् ।
यसैगरी अफ्रिकाबाट बेनिन‚ बुरुण्डी‚ केन्या‚ मौरिटानिया‚ नाइजर‚ जिम्बावे उपाध्यक्ष निर्वाचित भएका छन् भने चिली‚ एल साल्भाडोर र जमैका निर्वाचित भएका छन् ।
पूर्वी यूरोपबाट इस्टोनिया र पश्चिम यूरोप र अन्य क्षेत्रबाट इजरायल र अष्ट्रेलिया निर्वाचित भएका छन् । नवनिर्वाचित पदाधिकारीको कार्यकाल सेप्टेम्बर १३ तारिखदेखि एक वर्षसम्म लागू हुनेछ ।
प्रतिक्रिया