×

सुनकोशीको जिप दुर्घटनामा बेपत्ता सीटीइभीटीका योजना महाशाखा निर्देशक भुर्तेलकाे शव फेला

images


काठमाडौं । जिप दुर्घटना हुँदा सुनकोशी नदीमा बेपत्ता भएका सीटीइभीटीका योजना महाशाखाका निर्देशक यमप्रसाद भुर्तेललाई शव फेला परेकाे छ । ​भुर्तेलको शव आज

(शुक्रबार) उदयपुरको ताप्ली गाउँपालिका-५ निबुवाटारस्थित सुनकोशीमा फेला परेको इलाका प्रहरी कार्यालय ताप्लीले जनाएको छ ।

जेठ १९ गते मध्यपहाडी लोकमार्गको खुर्कोट-घुर्मी सडकखण्ड अन्तर्गत गोलन्जर गाउँपालिका-७ लौकुनमा भएको जिप दुर्घटनामा महाशाखा निर्देशक भुर्तेलको हराइरहेका थिए ।

यसअघि सीटीइभीटीको प्रशासन शाखाका निर्देशक एवं सहसचिव तनहुँको भानु नगरपालिका–९ का कृष्णबहादुर केसी र सीटीइभीटीमै विद्युत् प्रशिक्षकका रूपमा कार्यरत इलामका भानु पौडेलको शव भेटिएको थियाे ।

शुक्रबार​ २६ जेठ २०८० ०४:४९ PM मा प्रकाशित

प्रतिक्रिया