×

पन्जाब किंग्समाथि नाइट राइडर्सको रोमान्चक जित

images

काठमाडौं । कोलकत्ता नाइट राइडर्सले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल)मा पन्जाब किंग्समाथि रोमाञ्चक जित दर्ता गरेको छ । घरेलु मैदान इडन गार्डेनमा कोलकत्ता ५ विकेटले विजयी भएको हो ।

१ सय ८० रनको लक्ष्य कोलकत्ताले निर्धारित २० ओभरको अन्तिम बलमा ५ विकेट गुमाएर पूरा गर्यो। कोलकत्ताका लागि कप्तान नितिश राणले ३८ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ्स खेले ।

आन्द्र रसेलले २३ बलमा ३ चौका र ३ छक्काको सहयोगमा ४२ रन बनाए । ओपनर जेसन रोयले २४ बलमा ८ छक्काको सहयोगमा ३८ रन बनाए । रिंकु सिंह १० बलमा २ चौका र १ छक्काको सहयोगमा २१ रन बनाउँदै अविजित रहे । अन्तिम बलमा चौका प्रहार गर्दै सिंहले खेल जिताएका थिए ।

पन्जाबका लागि राहुल चहरले २ तथा हरप्रित ब्रार र नाथन एलिसले समान १र१ विकेट लिए । त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७९ रन बनायो ।

पन्जाबका लागि कप्तान शिखर धवनले ४७ बलमा ९ चौका र १ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ्स खेले । ऋषि धवनले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा १९ रन बनाए ।

जितेश शर्माले १८ बलमा २ छक्काको सहयोगमा २१ रन बनाए । साहरुख खानले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २१ रन बनाए । लियम लिविङ्स्टोनले ९ बलमा ३ चौकाको सहयोगमा १५ रन बनाए ।

हरप्रित ब्रारले ९ बलमा अविजित १७ रन बनाए । ओपनर प्रभशिमरन सिंहले ८ बलमा ३ चौकाको सहयोगमा १२ रन बनाए । पन्जाबले अन्तिम ओभरमा २१ रन बनाएको थियो ।

कोलकत्ताका लागि वरुण चक्रवतीले ३ तथा हर्षित राणाले २ विकेट लिए । सुयश शर्मा र कप्तान नितिश राणाले समान १-१ विकेट आफ्नो नाममा गरे । एघार खेलमा पाँच जित र छ हारका साथ दश टोली सहभागी प्रतियोगितामा कोलकत्ता पाँचौ स्थानमा उक्लिएको छ । एघार खेलमा पाँच जित र छ हारका साथ पन्जाब अंक तालिकाको सातौं स्थानमा कायम रहेको छ । एजेन्सी

मङ्गलबार २६ बैशाख २०८० १०:४० AM मा प्रकाशित

प्रतिक्रिया