आज कानुन दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००९ साल वैशाख २६ गतेदेखि प्रधान न्यायालय ऐन लागू भएको दिनको अवसरमा कानुन दिवस मनाउने चलन छ ।
आज सर्वोच्च अदालतले कानुन दिवस समारोह आयोजना गरेको छ । तर कानुन दिवस मनाइरहँदा कानुन तर्जुमा प्रक्रिया नै ठप्प भएको डेढ वर्ष कटिसकेको छ । २०७८ सालको बजेट अधिवेशन पछि संसदमा विधेयक अलपत्र परेका छन् ।
सङ्घीय संसद्को चुनावपछि झण्डै ५० अध्यादेश जारी भइसकेका छन् । जसमा केही अध्यादेश दोहोरिएका छन् । प्रतिनिधि सभाको विधेयक शाखा प्रमुख नारायण ढकालका अनुसार अघिल्लो वर्ष बजेटसँग सम्बन्धित विधेयकबाहेक नयाँ विधेयक दर्तासमेत भएका छैनन् ।
राष्ट्रिय सभाको विधेयक शाखाको अभिलेखअनुसार २०७८ कात्तिकपछि कुनै नयाँ विधेयक दर्ता भएका छैनन् । समितिमा छलफल, संसद्बाट पारितलगायतका प्रक्रिया पूरा नभएको भने डेढ वर्ष नै भइसकेको छ ।
प्रतिक्रिया