×

हरेक दृष्टिले साइकल उपयोगीः अध्यक्ष दाहाल

images

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताउनुभएको छ । प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले आज यहाँ आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उहाँले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै  उपयोगी भएको चर्चा गर्नुुभएको हो ।
 
यो म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको उल्लेख गर्दै  पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ । पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ ।” खेलकुदमन्त्रीको समेत उपस्थिति रहेको  कार्यक्रमले आधिकारिकता र वैधानिकता पनि स्थापित गरेको भन्दै छ उहाँले सहभागी सबैलाई शुभकामना व्यक्त गर्नुभयो ।
 
अध्यक्ष दाहालले आज बिहान नारायणी किनारमा म्याराथन शुभारम्भ गर्नुभएको हो ।  प्रतियोगिता संयोजक शन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको बताउनुभयो । इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन् ।
 
प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई रु ४५ हजारका दरले, ३० वर्षमाथिको विधामा रु २५ हजार, ५० वर्षमाथिको विधामा रु २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई रु २०÷२० हजारका दरले पुरस्कार रहने आयोजकले जनाएको छ ।प्रतियोगितामा १०आँै स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ । भरतपुर महानगरमा निर्माणाधीन रिङ्रोडसहित सडक आयोजना  साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पु¥याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो ।
 
करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दुरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ । नारायणी नदी तिरबाट सुरु भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, ¥यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ ।क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ । 
 
प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफको  समेत सहभागिता रहेको छ । अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधन पछि उहाँहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताउनुभयो ।शोकलाई शक्तिमा बदल्दै समाजसेवामा लगाउन प्रतिष्ठान स्थापना भएको र यो पहिलो औपचारिक कार्यक्रम भएकोसमेत उहाँकोे भनाइ थियो । भरतपुरको रिङरोड अहिले ६६ किमी रहे पनि चाँडै ८८ किमी रिङरोडमा म्याराथन हुने महानगर प्रमुख दाहालले बताउनुभयो । खेल पर्यटन विकासका लागि म्याराथन आयोजना गरिएको उहाँको भनाइ थियो ।

शनिबार २६ चैत २०७८ ०५:१४ PM मा प्रकाशित

प्रतिक्रिया