×

१० अर्व लगानीमा बन्दै छ शिवपुरीमा थप मानव निर्मित ताल   

images

रिता बोलखे

काठमाडौँ । उपत्यकाको पूर्वोउत्तर शिवपुरी राष्ट्रिय निकुञ्जस्थित ‘धाप ड्याम(ताल)’ यतिबेला आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बनेको छ । सरकारले त्योभन्दा ठुलो मानव निर्मित ‘नाग्मती ताल’ निकुञ्ज भित्रै बनाउने भएको छ ।  अधिकार सम्पन्न बाग्मती सभ्यता एकिकृतक विकास समितिका अनुसार अबको आठ वर्षभित्र ‘नाग्मती ताल’ निर्माण हुनेछ । यसका लागि समितिले १० अर्व रुपैयाँ लगानी गर्नेछ । ताल ‘धाप ड्याम’भन्दा तीन गुणा ठुलो हुनेछ ।

ताल निर्माणका लागि १४ रोपनी जग्गा अधिग्रहण गर्न सरकारले निर्णय गरिसकेको छ । तालको लम्वाई ९४.५० मिटर र चौडाई ७ मिटरको हुनेछ । यसको उचाई ९४ मिटरको हुनेछ । जबकी ‘धाप ड्याम’ २४ मिटर मात्रै अग्लो छ ।  विकास समितिका इन्जिनियर निश्चल छट्कुलीले अबको आठ वर्षभित्र शिवपुरी राष्ट्रिय निकुञ्जमा ‘धाप ड्याम’भन्दा तीन गुणा ठुलो ‘नाग्मती ड्याम’ बन्ने बताए । 

उनले भने,‘शिवपुरी राष्ट्रिय निकुञ्जभित्र ‘धाप ड्याम’भन्दा तीन गुणा ठुलो ड्याम बन्नेछ । जसको नाम ‘नाग्मती ड्याम’ राखिएको छ । यो ‘धाप ड्याम’भन्दा तीन गुणा ठूलो हुनेछ । यसको जलाशय क्षेत्रफल ५० हेक्टर जमिनमा फैलिनेछ । लम्बाई ९४.५० मिटर र चौडाई सात मिटरको हुनेछ । धाप ड्याम २४ मिटर अग्लो छ । तर, नागमती झण्डै तीन गुणा ठुलो ९४ मिटर अग्लो हुनेछ ।’

नाग्मती ‘धाप ड्याम’भन्दा पाँच किलोमिटर तल बन्नेछ । नाग्मतीमा बिशेषगरी वर्षाको पानी जम्मा गरिनेछ । धापबाट बगेको पानी पनि नाग्मतीमा जम्मा हुनेछ । विकास समितिका अनुसार यो मुलुककै नमुना ताल हुनेछ । बाग्मती नदी प्रवाहमा सुधार ल्याउने उद्येश्यले नागमती निर्माण गर्न लागिएको विकास समितिको भनाई छ ।

सुक्खा मौसममा बाग्मतीमा पानीको बहाव बढाउने र स्थलीय तथा जलीय जैविक विविधताको संरक्षण गर्नु आयोजनाको मुख्य उद्येश्य रहेको इन्जिनियर छट्कुलीले बताए । उनले भने,‘सुक्खा मौसममा बाग्मती नदीमा पानीको बहाव कम हुन्छ । वर्षामा जम्मा भएको पानी बाग्मतीमा मिसाइनेछ । यसले सुक्खा मौसममा पनि बाग्मतीको बहाव ठुलो बनाउनेछ । यो मुलुककै मानव निर्मित नमुना ताल हुनेछ ।’

काठमाडौँ उपत्यका पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माणाधिन नाग्मती एसियाली बिकास बैंकको १० अर्व लागनीमा बन्नेछ । यो बैंकको ऋण सहयोग हो । बाँध निर्माण गर्न आवश्यक जग्गा अधिकरणका लागि १४ रोपनी जग्गा अधिग्रण गर्न सरकारले निर्णय गरिसकेको इन्जिनियर छट्कुलीले बताए । 
उनले भने,‘नाग्मती ड्याम निर्माणमा १० अर्व रुपैयाँ आवश्यक पर्ने देखिन्छ । यसका लागि आवश्यक रकम एडिबीले ऋण सहयोग गर्नेछ ।  जग्गा प्राप्तीका लागि आवश्यक बजेट भने सरकारले दिने छ ।  करिब १४ रोपनी  जग्गा  अधिग्रहण गर्न सरकारले निर्णय गरिसकेको छ । सोही आधारमा अब मुल्याङकन समिति बन्नेछ । र अधिग्रहणको काम अघि बढ्नेछ ।’  

विकास समितिका अनुसार वर्षा यामको चार महिना नाग्मतीमा पानी जम्मा हुनेछ । यसरी जम्मा भएको पानी प्रतिसकेन्ड ४ सय ५० प्रतिलिटरका दरले हिउँदा यामको आठ महिना बाग्मती नदीमा छाडिनेछ । यसले बाग्मतीको बहावलाई बढाउनेछ । सँगै सुफा र सुन्दर पनि बनाउनेछ ।
इन्जिनियर निश्चल छट्कुलीले भने,‘वर्षाको चार महिना नाग्मतीमा पानी जम्मा हुनेछ । यसरी जम्मा भएको पानी सुक्खा यामको ८ महिना बाग्मतीमा छाड्न्् छौं । करिब ४ सय ५० लिटर प्रति सेकेन्डका दरले हामिले पानि बागमतिमा छोड्ने छौं ।’ 

विकास समितिका अनुसार बाग्मतीमा अहिले करिब २ हजार ८ सय स्थानबाट  ढलहरु मसाईएका छन् । जसले बाग्मतीको पानीलाई प्रदुषित बनाएको छ । पानीको गुणस्तरमा गिरावट आएको छ । अहिले बग्ने बाग्तमीमा कुनै जलचर जिउन सक्ने अवस्था छैन । यो समस्या हटाउन नदीमा पानी बहाव बढाउन आवश्यक छ । यसैका लागि नाग्मती ताल निर्माण गर्न लागिएको समितिको भनाई छ ।

‘धाप ड्याम’ अवलोकन गर्न आन्तरिक पर्यटक जान थालिसकेका छन् । ‘नाग्मती ड्याम’ पनि निर्माण भयो भने आकर्षणको केन्द्र थप हुनेछ । आन्तरिक मात्र नभई विदेशी पर्यटकका लागि समेत मानव निर्मित ताल आकर्षक गन्तब्य स्थल हुनेछ । 

नोट-  यहाँ उपलब्ध तस्विर शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्मित ‘धाप ड्याम’
को हो । 

 

बिहीबार २५ फागुन २०७९ ०५:३९ PM मा प्रकाशित

प्रतिक्रिया