काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले शान्ति प्रक्रिया टुङ्ग्याउनु दलहरुको मुख्य जिम्मेवारी हुनुपर्ने बताएका छन् ।
राष्ट्रपतिका लागि मतदान गरेर फर्कने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले एकले अर्कालाई सजाय दिने भन्दा पनि शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउने समय भएको बताए ।
आफू प्रधानमन्त्री हुँदा असम्भव भएका काम गरेर देखाएको उनको दाबी छ । उनले भने ‘ मैले आफ्नो कार्यकालमा असम्भव भनेको काम गरेर देखाएको छु। चुनौतीको सामना गरेर देखाएको छु।
काम गर्ने असर र आँटिला मान्छेहरू पनि यस धर्तीमा छन् भन्ने सबैले बुझ्नुपर्छ। अहिले एकले अर्कालाई सजाय दिने दण्ड दिने भन्नुपर्दा पनि यसलाई टुंगोमा पु¥याउन अन्तर्राष्ट्रिय प्रचलन अनुसार आधारमा नै टुंगो लगाउनुपर्छ। ’
प्रतिक्रिया