×

दल र नेताले चुनाव धेरैपटक जिते,फागुन २१ को चुनाव देशले जित्छ : रवि लामिछाने

images

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अब दुई तिहाइको सरकार बन्ने बताएका छन्। रूपन्देही १ मा आज भएको चुनावी कार्यक्रममा बोल्दै सभापति लामिछानेले सबैको आँखामा आशा नै आशा रहेको भन्दै अब दुई तिहाइको सरकार बन्ने बताए। ‘दल र नेताले धेरैपटक जिते । हरेक निर्वाचनमा दलले जित्दै आएका छन् । तर फागुन २१ मा हुने यो चुनाव देशले जित्ने चुनाव हो,’ लामिछानेले भने । ‘यसपटकको फागुन २१ मिति होइन, इतिहास हो। कोसेढुंगा हो, त्यसका लागि तयार रहनुहोला,’ उनले भने।

रास्वपामा बालेन्द्र शाह (बालेन)को  टिम समाहित भएको प्रसंग उल्लेख गर्दै उनले पार्टीमा पदको होइन, जिम्मेवारीको बाँडफाँट भएको लामिछानेले बताए । ‘हामीले पद बाडेका छैनौं, जिम्मेवारी विभाजन गरिएको छ,’ उनले पुरानै भनाइ दोहोर्याए । अबको पाँच वर्ष एउटै सभापति, एउटै प्रधानमन्त्री र एउटै सरकार हुने उनले बताए । सभापति लामिछानेले आफूहरुले घोषणापत्र नभइ काममा विश्वास गर्ने तर्क गर्दै विगतमा अन्य दलले गर्न नसकेका कामहरु आफूहरुले पुरा गर्ने जिकिर गरे ।

सोमबार २७ माघ २०८२ ०३:१७ PM मा प्रकाशित

प्रतिक्रिया