×

सेयर बजारमा सामान्य गिरावट

images

काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजार लगातार दुई दिन घटेको छ । सोमबार घटेर बन्द भएको बजार मंगलबार पनि सोही ट्रेन्डमा रह्यो । मंगलबार २.५७ बिन्दुले घटेको बजार १९५६.३६ बिन्दुमा झरेको छ । यस दिन कुल २२६ वटा स्टकको १८ हजार ४७२ वटा कारोबारबाट २७ लाख ७३ हजार ७३७ कित्ता सेयर किनबेच भएको छ । 

२.५७ अंकले घटेसँगै नेप्से परिसूचक १९ सय ५६ अंकमा आएर रोकिएको छ । यसक्रममा आज १ अर्ब ५ करोड ३१ लाख रुपैयाँ बराबरको २७ लाख ७३ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक घटेको दिन आज सेन्सेटिभ समूहमा समेत २.५७ अंकको गिरावट आएको छ ।


यसक्रममा आज ४ वटा समूहमा भने वृद्धि देखिएको छ । वित्त समूह ४ अंकले बढेको दिन निर्जीवन बीमा कम्पनी समूह २३ अंकले बढेको छ । यस्तै, अन्य समूहमा १४ र जीवन बीमा समूहमा ९३ अंकको वृद्धि आएको छ ।


यसबाहेक, लघुवित्त समूह २७ अंकले घटेको छ । उत्पादनमूलक समूह ३६ अंकले घट्दा व्यापार समूह २९ अंकले र जलविद्युत समूह १२ अंकले घटेको छ । यस्तै, बैंक र होटल समूहमा समान ३/३ अंकको गिरावट आएको छ । आज लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपालको सेयर मूल्य प्रतिकित्ता ५५ रुपैयाँले बढेको छ । यससँगै, यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ७९ रुपैयाँ पुगेको छ ।

मङ्गलबार २२ कात्तिक २०७९ ०३:५६ PM मा प्रकाशित

प्रतिक्रिया