काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाको ज्यान एउटा फोन कलले बचाएको खुलासा भएको छ ।
अगस्ट ५, २०२४ मा दिउँसो १:३० बजे नआएको भए, हसिनालाई प्रधानमन्त्री निवास, गणभवनमा भीडमा मारिएको हुने थिइन् भन्ने दाबि गरिएको छ । त्यतिबेला भीड केवल दुई किलोमिटर टाढा थियो र २० मिनेट पछि गणभवनमा प्रवेश गरेको थियो ।
यो खुलासा दीप हल्दर, जयदीप मजुमदार र सहिदुल हसन खोकनद्वारा लिखित आगामी पुस्तक 'इन्शाल्लाह बंगलादेश: द स्टोरी अफ एन अनफिनिश्ड रिभोलुसन' मा गरिएको छ । यो जुगरनट पब्लिशर्सद्वारा यो पुस्तक प्रकाशित हुने क्रममा रहेको छ ।
त्यस दिन हसिनाको दिन बिहान ४ बजे सुरु भयो । बंगलादेशका सेना प्रमुख जनरल वकार-उज-जमान, वायुसेना र नौसेना प्रमुखहरूले उनलाई देश छोडेर भारत जान मनाउन खोजे । तर हसिना अडिग रहदै देश नछोड्ने अडानमा कायम रहिन् । उनले भनिन्- 'म मर्न तयार छु, तर म देश छोड्ने छैन ।' उनकी बहिनी शेख रेहाना र अमेरिकामा बस्ने उनका छोरा सजीब वाजिदले पनि फोनमा उनलाई भारत जान मनाउन खोजे तर हसिनाले अस्वीकार गरिन् ।
त्यसपछि, अचानक, दिउँसो १:३० बजे, एउटा फोन आयो । फोन गर्ने व्यक्ति अपरिचित थिएनन् । पुस्तकमा उनलाई 'एक शीर्ष भारतीय अधिकारी' भनेर वर्णन गरिएको छ, जसलाई हसिनाले राम्ररी चिन्थिन् । अधिकारीले स्पष्ट रूपमा हसिनालाई भने- 'अब धेरै ढिलो भइसकेको छ । तुरुन्तै गणभवन छोड्नुहोस्, नत्र तपाईंलाई मारिनेछ । पहिले, जीवित रहनुहोस्, त्यसपछि लडाई जारी राख्नुहोस् ।' यो प्रत्यक्ष र कठोर कथनले हसिनालाई स्तब्ध बनायो । उनले आधा घण्टा सोचिन् र त्यसपछि देश छोड्ने निर्णय गरिन् । उनी जानु अघि भाषण रेकर्ड गर्न चाहन्थिन्, तर सेना प्रमुखहरूले भीड जुनसुकै बेला घरमा घुस्न सक्ने भन्दै अस्वीकार गरे ।
हसिना बहिनिसँग एक एसयूभी गाडीमा कपडा राखेका दुई सुटकेस लिएर बसिन् र हेलीप्याडसम्म पुगिन । हेलिकप्टर दिउँसो २:२३ बजे गणभवनबाट उड्यो र २:३५ बजे तेजगाउँ एयरबेसमा आइपुग्यो । त्यहाँबाट, कार्गो विमानले दिउँसो २: ४२ मा उडान भर्यो । लगभग बीस मिनेट पछि, यो पश्चिम बंगालको मालदा हुँदै भारतीय हवाई क्षेत्रमा प्रवेश गर्यो । विमान साँझ हिन्डन एयरबेसमा अवतरण भयो । हसिनालाई त्यहाँ भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले स्वागत गरे र दिल्लीको गोप्य स्थानमा लगियो ।
प्रतिक्रिया