×

जेनजीको आन्दोलनमा काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु

images

काठमाडौँ । जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको छ । अहिलेसम्म काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ ।  

अहिलेसम्म ट्रमा सेन्टरमा उपचारको क्रममा ८ जना, सिभिल अस्पतालमा ३ जना, एभरेष्ट अस्पतालमा ३ जना, केएमसी असपतालमा २ जना र शिक्षण अस्पतालमा एक जनाको मृत्यु भएको छ । त्यस्तै इटहरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म काठमाडौँमा आजको प्रदर्शनमा सयौं घाइते भएका छन् । हाल सिभिल अस्पतालमा सय भन्दा बढीको उपचार भइरहेको छ भने, ट्रमा सेन्टरमा ५० जना, केएमसी कलेजमा ३२ जना, टिचिङ अस्पतालमा १८ जनाको उपचार भईरहेको छ ।  

त्यस्तै सिभिल अस्पतालमा घाइतेको अवस्था अस्तव्यस्त रहेको छ । अहिले अस्पताल प्रशासनले अन्य विरामीको उपचार गर्न नसकेको र सबै चिकित्सक गोली लागेर घाइतेको उपचारमा केन्द्रित भएको देखिएको छ । अस्पताल प्रशासनले घाइतेको उपचारका लागि अन्य अस्पतालमा व्यस्थापन गर्न आग्रह गरेको छ । 

प्रहरीले चलाएको गोलीले समाचार संकलन गर्न गएका केहि पत्रकार र फोटो पत्रकार पनि घाइते भएका छन् ।  थप विवरण आउनेक्रममा रहेको छ ।

 

सोमबार २३ भदौ २०८२ ०६:३५ PM मा प्रकाशित

प्रतिक्रिया