×

देउवाले बोलाए काँग्रेस पदाधिकारीको आकस्मिक बैठक

images

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारीको आकस्मिक बैठक बोलाएका हुन् । कांग्रेसको पार्टी कार्यालय का मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक साँझ ५ बजेका लागि बोलाइएको छ ।

आजै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीका सभापति देउवालाई भेटेर सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय र जेन जी पुस्ताको आन्दोलनबारे छलफल गरेका थिए । दुवै महामन्त्रीले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन प्रधानमन्त्रीलाई दबाब दिन आग्रह गरेका थिए ।

सोमबार २३ भदौ २०८२ ०६:४६ PM मा प्रकाशित

प्रतिक्रिया