काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले असार ७ बाट सञ्चालित हस्ताक्षर अभियान अन्तर्गत हालसम्म ३२ लाख हस्ताक्षर संकलन भएको जानकारी दिएको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले अहिलेसम्म कुल ३२ लाख ६ हजार ६०८ हस्ताक्षर संकलन भएको जानकारी दिएका हुन् ।
त्यस्तै रास्वपाले अहिलेसम्म यस अभियानमा ६२ लाख १६ हजार ६६९ आर्थिक सहयोग संकलन भएको प्रवक्ता झाले जानकारी दिएका छन् । रास्वपाले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै जनताको हस्ताक्षर अभियान चलाइरहेको छ ।
प्रतिक्रिया