×

दुर्घटना हुनबाट जोगियो श्री एयरलाइन्सको जहाज

images

काठमाडौँ । भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट काठमाडौँका लागि उडेको श्री एयरलाइन्सको जहाज प्राविधिक समस्या देखिएपछि भैरहवा नै फर्किएको छ । श्री एयरलाइन्सको एसएचए ८२२ नम्बरको ७२ सिटे विमान बिहान ९ः ४० बजे काठमाडौँका लागि उडेको थियो । जहाज के खराबी आयो भन्ने अहिलेसम्म पत्ता लागेको छैन। भैरहवा एयरपोर्टको रनवेमै जहाज भएकाले एयरपोर्ट क्लोज गरिएको छ। जहाजमा पावर छैन। जहाज तान्नलाई ट्याक्टर आइरहेको छ। यात्रुलाई जहाजबाट ओरालिएको छैन।

बल्ल बल्ल रनवेमा आइपुगेको जहाजसँग गुड्न सक्ने तागत नै छैन। भैरहवाबाट काठमाडौं उडेको जहाज आकस्मिक अवतरण गरेको हो।  गत फागुन २५ गते काठमाडौँबाट भैरहवाका लागि उडेको ड्यास क्यू ४०० जहाजको दायाँ इन्जिनमा आगो देखिएपछि सबै जहाजलाई ग्राउन्डेड गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणले छानबिन गरेको थियो । प्राधिकरणको एयर वर्दिनेस टिमले प्राविधिक परीक्षण गरेपछि तेस्रो दिनबाट जहाज उडाउने अनुमती दिएको थियो।

त्यो बेला प्राधिकरणले आफू निकटका केहि सञ्चार माध्ययमलाई राती नै जहाज ग्राउन्डेड गरेको निर्णय सहितको सुचना दिएपनि हवाई कम्पनीलाई विहान ८ बजे मात्रै सूचना दिदा यात्राका लागि विमानस्थल पुगेका सयौ यात्रुले सास्ती भोग्नु परेको थियोे ।

सरकारी सञ्चार माध्ययमलाई समेत जानकारी नगराइएको उक्त प्रकरणमा एक पक्षिय रुपमा श्री एयरलाई ग्राउन्डेड गरिएको भन्दै आलोचना भएको थियो । प्राधिकरणले त्यो भन्दा पहिलो बुद्व एयरको जहाजको इन्डिकेटरले काम नगर्दा आकास्मिक अवतरणको घटनामा भने समस्या आएको जहाजलाई मात्रै ग्राउन्डेड गरेर अन्य उडान यथावत राखेको थियोे ।

सोमबार २५ बैशाख २०८० ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया