आईपीएल टी-ट्वान्टी : लखनउसँग दिल्ली ६ विकेटले पराजित

    images

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जायन्ट्सले जित निकालेको छ । मुम्बईमा गएराति भएको खेलमा लखनउले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो ।

    दिल्लीले दिएको १ सय ५० रनको लक्ष्य लखनउले १९ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गर्यो । लखनउको जितमा क्विन्टन डी ककले ८० अर्धशतकीय इनिङ खेले । कप्तान केएल राहुलले २४ रन बनाए ।

    कुर्नाल पान्डय अविजित १९ तथा दिपक होडाले ११ रन बनाए । दिल्लीका कुलदिप यादवले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ३ विकेट गुमाएर १ सय ४९ रन जोडेको थियो ।

    दिल्लीका लागि पृथ्वी शले ६१ रनको अर्धशतकीय इनिङ खेले । यस्तै ऋषव पन्तले अविजित ३९ र सर्फराज खानले अविजित ३६ रन बनाए । लखनउका रवी बिशोईले २ तथा कृष्नपा गोथामले १ विकेट लिए ।

    जितसँगै लखनउले ४ खेलमा ६ अंक जोडेको छ । लखनउ दोस्रो स्थानमा उक्लिएको छ । दिल्ली ३ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

      शुक्रबार​ २५ चैत २०७८ ०१:४१ PM मा प्रकाशित

      प्रतिक्रिया