काठमाडौं । उमागौरी कृषि सहकारी ठगी प्रकरणमा मुछिएकी अञ्जला कोइराला धरौटी बुझाएर रिहा भएकी छन् । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला आज आफैं अदालतमा हाजिर भएकी थिईन् ।
न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा उनको आजै थुनछेक बहस भएरको थियो । न्यायाधीश भट्टराईको इजलासले अञ्जलालाई १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
मोरङको धनपालथान–४ मा रहेको उक्त सहकारीको सञ्चालक रहँदा अञ्जलाले बचतकर्ताको बचत रकम अपचलन गरेको आरोप लागेको थियो । सो सहकारी ठगीमा अञ्जलासहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दायर भएको थियो ।
प्रतिक्रिया