काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग चरणको अन्तिम खेलमा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले ४ विकेटले विजय भएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३० रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो ।
अन्तिम बलमा ५ रनको आवश्यक परेको थ्रिलिङ खेलमा कर्णालीले जित हार पार्दै साविक विजेता जनकपुरलाई लिग चरणको कमजोर बनाएको हो । कर्णाली २ जित सहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ ।
जारी सिजनबाट बाहिरिएको कर्णालीको यो दोस्रो जित हो । कर्णालीले यसअघि लुम्बिनी लायन्ससँग मात्रै जितेको छ । कर्णालीले पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किङ्स, सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग हारेको थियो ।
प्रतिक्रिया