×

विप्लव निवासमा छलफलमा जुटे जनार्दन र घनश्याम

images

काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवलाई भेट्न तत्कालिन माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा र तत्कालिन एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल हरिसिद्दीस्थित निवास पुगेका छन् ।

शुक्रबार बिहान जनार्दन र घनश्याम विप्लवसँग नयाँ राजनीतिक बाटोका लागि छलफल गर्न जुटेका हुन् । माओवादी केन्द्र एकीकृत समाजवादीसहितका १० दल मिलेर नेपाली कम्युनिष्ट पार्टीमा नगएका दुवै जना हाल पार्टी विहिन अवस्थामा छन् । यद्यपी जनार्दन शर्माले प्रगतिशील अभियानको घोषणा गरेका छन् भने घनश्यामले पार्टी पुनर्गठन गर्ने भन्दै मङ्सिरको पहिलो साता भेला गर्ने बताएका छन् ।

त्यस्तै विप्लव नेतृत्वको एक हिस्सा पनि फुटेर नेपाली कम्युनिष्ट पार्टीमा मिस्सिएको छ ।

 

शुक्रबार​ २२ कात्तिक २०८२ ११:३४ AM मा प्रकाशित

प्रतिक्रिया