×

हङकङ सिक्सेसमा आज नेपाल अफगानिस्तानविरुद्ध खेल्दै

images

काठमाडौं । 'हङकङ क्रिकेट सिक्सेस' प्रतियोगिता आजदेखि शुरु हुदै छ । आज नेपालले पहिलो खेलमा अफगानिस्तानको सामना गर्दै छ । यो खेल नेपाली समय अनुसार बिहान ८: ४५ बजेदेखि शुरु हुदैछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले हङकङ चाइनामा आयोजना हुने 'हङकङ क्रिकेट सिक्सेस' प्रतियोगितामा सहभागी हुने शरद भेस्वाकरको कप्तानीमा ७ सदस्यीय टिम त्यसतर्फ पठाएको छ ।

नेपाली टिममा शरद भेस्वाकर (कप्तान), सन्दीप जोरा, मोहमद आदिल आलम, लोकेस बम, बसिर अहमद, रसिद खान र रुपेश कुमार सिंह रहेका छन् ।

क्यानले यस प्रतियोगितापछि शरद भेस्वाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने जानकारी दिएको छ ।

'हङकङ क्रिकेट सिक्सेस मा नेपालसहित अफगानिस्तान, दक्षिण अफ्रीका, अस्ट्रेलिया युएई, इङल्याण्ड, बह्र्ट, कुवेत, पाकिस्तान, बंगलादेश, हङकङ र श्रीलंका खेल्दैछन् । 

'हङकङ क्रिकेट सिक्सेसमा नेपाल समुह ए मा अफगानिस्तान र दक्षिण अफ्रिका रहेका छन् । नेपालको अर्को खेल नोभेम्बर ८ मा दक्षिण अफ्रीकासँग खेल्ने तालिका रहेको छ ।

शुक्रबार​ २२ कात्तिक २०८२ ०९:२७ AM मा प्रकाशित

प्रतिक्रिया