×

पत्रकारको काँधमा सुगा बस्यो र इयरफोन लिएर उड्यो ,चोरीको रिपोर्टिङ गरिरहेका थिए

images

दक्षिण अमेरिकी देश चिलीमा एउटा सुगाले एक पत्रकारको एयरफोन चोरेको छ । यसको भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ । यो घटनाको सबैभन्दा रोचक पक्ष के हो भने पत्रकार एक शहरमा भएको चोरीको घटनाबारे रिपोर्टिङ गरिरहेका थिए । त्यति नै बेला उनको इयरफोन चोरी भएको हो ।

पत्रकार निकोलस क्रुम्मको यो भिडियोमा जेने हेलहेड नामकी महिलाले सेयर गरेकी हुन् । भिडियोमा निकोलस कुनै शहरमा भएको चोरीको घटनाबारे लाइभ रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । त्यति नै बेला सुगा उनको काँधमा आएर बस्छ । १० सेकेन्डपछि सुगा उनको इयरफोन लिइर उड्छ । जानकारीका अनुसार केही टाढा सुगाले उक्त इयरफोन खसालिदिएको र त्यो रिपोर्टरले भेटिसकेका छन् ।

सोमबार २१ कात्तिक २०७९ ०१:४२ PM मा प्रकाशित

प्रतिक्रिया