काठमाडौँ । हमासले इजरायलमा आक्रमण गरेर शुरु भएको युद्ध आज दुई बर्ष पुरा भएको छ । दुई बर्षपछि हमास र इजरायलबीच इजिप्टमा युद्ध विरामको फ्रेमवर्क टी गर्न दोस्रो दिनको बार्ता जारी रहेको छ ।
अमेरिकी राष्ट्र्पति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति योजना अनुसार मध्यस्थकर्ताहरुसहित इजिप्टमा वार्ता जारी रहेको छ । बिबिसीले विभिन्न स्रोतलाई उल्लेख गर्दै मध्यस्थकर्ताहरूले युद्धविराम बारेका पाँच बुँदे एजेन्डा बनाएर छलफल गरिरहेको उल्लेख गरेको छ ।
१- युद्धको अन्त्य: गाजा पट्टीका सबै भागहरूमा पूर्ण र स्थायी युद्धविराम स्थापना गर्ने ।
२- कैदी र बन्धकहरूको आदानप्रदान: बाँकी रहेका सबै इजरायली बन्धकहरू र सयौं प्यालेस्टिनी कैदीहरूको ठूलो मात्रामा आदानप्रदानको वार्ता गर्ने ।
३- गाजाबाट इजरायली फिर्ता: इजरायलले चरणबद्ध रूपमा गाजाबाट फिर्ता हुनेछ र गाजाविरुद्ध थप आक्रमण गरिने छैन भन्ने ग्यारेन्टी गर्नेछ ।
४- मानवीय सहायता प्रदान गर्ने: अन्तर्राष्ट्रिय पर्यवेक्षणमा सहायताको निरन्तर प्रवाह सुनिश्चित गर्ने ।
५- युद्धपछिको शासन: लडाइँ बन्द भएपछि गाजाको भविष्यको शासन र सुरक्षाको बारेमा छलफल गर्ने ।
प्रतिक्रिया