×

महेश बस्नेतविरुद्ध भएन पक्राउ पुर्जी जारी, अदालतले थप प्रमाण माग्यो

images

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतविरुद्ध अदालतले प्रहरीको माग बमोजिम पक्राउ पुर्जी जारी गर्न अस्वीकार गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मंगलबार यस विषयमा थप प्रमाण पेश गर्न आदेश दिएको हो ।

शोभा पाठकले साइबर ब्यूरोमा दिएको निवेदनका आधारमा प्रहरीले अदालतसमक्ष बस्नेतलाई पक्राउ पुर्जीका लागि निवेदन पेश गरेको थियो । तर अदालतले पक्राउ पुर्जी जारी नगरी बस्नेतविरुद्ध थप प्रमाण पेश गर्न आदेश दिएको छ ।

मङ्गलबार २१ असोज २०८२ ०७:३४ PM मा प्रकाशित

प्रतिक्रिया