×

जाँचबुझ आयोगमा पुग्यो ओली र लेखकविरुद्धको जाहेरी

images

काठमाडौं । पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीले भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगमा पठाएको छ ।

जेनजी आन्दोलनमा मानवताविरुद्धको अपराध भएको भन्दै मृतक परिवारले मंगलबार ओली र लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएका थिए । उक्त जाहेरीलाई काठमाडौं प्रहरी परिसरले जाँचबुझ आयोगमा पठाएको छ ।

यसैबीच मंगलबारनै नेकपा एमाले निकट अनेरास्ववियुको टोली काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपालका प्रमुख सुदन गुरूङविरूद्ध प्रहरीमा उजुरी दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंमा मेयर बालेन र सुदनविरूद्ध उजुरी दिएको र प्रहरीले सरकारी वकिलको कार्यालयसँग छलफल गरेर दर्ता गर्ने नगर्ने २४ घण्टामा खबर गर्ने बताएको अनेरास्ववियुका नेता समिक बडालले जानकारी दिएका छन् । अनेरास्ववियुका महासचिव दिपक धामीले राष्ट्रका सम्पत्तिको खरानी बनाएर राजनीति गरिएको भन्दै आफुहरुले विरोध गर्ने बताए । उनले अनधिकृत व्यक्ति सिंहदरबार छिरेर हुकुमी शासन चलाउन बन्द गरिनुपर्ने धामीले बताएका छन् ।   

 

मङ्गलबार २१ असोज २०८२ ०७:३५ PM मा प्रकाशित

प्रतिक्रिया