काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पुर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ भने सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाब नेपालको पु्र्वी भु-भागमा पर्ने देखिने जानकारी दिएको छ ।
हाल कोशी प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहेको छ भने कोशी प्रदेश,बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडका थोरे स्थानहरुमा र बाँकि भु-भागका एक दुइ स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ भने देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले आगामी २४ घण्टा कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने पछिल्लो मौसमी सूचनाको जानकारी लिन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेको छ ।
प्रतिक्रिया