×

प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ नेतृत्व: नगरकोटी, ताम्राकार र खनाल बने कुलपति

images

काठमाडौँ । सरकारले मुलुकका तीन वटा महत्त्वपूर्ण प्रज्ञा प्रतिष्ठानहरूमा नयाँ पदाधिकारी र सदस्यहरू नियुक्त गर्दै नेतृत्वलाई पूर्णता दिएको छ । २२ साउन २०८३ (शुक्रबार) का दिन नवनियुक्त तीनै जना कुलपतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै आफ्नो कार्यभार औपचारिक रूपमा सम्हालेका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) को अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले यो नियुक्ति गरेको हो । नवनियुक्त कुलपतिहरू आ-आफ्नो विधाका प्रतिष्ठित र ख्यातिप्राप्त व्यक्तित्व हुन् ।

नवनियुक्त तीनै जना कुलपतिहरूलाई सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक समारोहबीच पर्यटनमन्त्री खडकराज पौडेलले शपथ ग्रहण गराउनुभएको थियो । विगत तीन महिनादेखि रिक्त रहेका यी संस्थाहरूमा नयाँ नेतृत्व आएसँगै देशको कला, साहित्य, संगीत र नाट्य क्षेत्रका गतिविधिहरूले गति लिने अपेक्षा गरिएको छ । सरकारले प्रज्ञा प्रतिष्ठानमा ११ सदस्यीय तथा ललितकला र संगीत नाट्यमा ९/९ सदस्यीय पदाधिकारी एवं परिषद् सदस्यहरू पनि नियुक्त गरेको छ ।


तीनै प्रज्ञाका पदाधिकारीहरूको सूची :

 

शुक्रबार​ २२ साउन २०८३ ०८:४६ PM मा प्रकाशित

प्रतिक्रिया