नेपालले राष्ट्र सङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई बलियाे बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ ।
अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्र सङ्घीय उच्चस्तरीय फोरममा अति कम विकसित देशमा कोरोनाविरुद्धको खोपको समान पहुँच र स्रोत विषयक सत्रलाई सम्बोधन गर्दै राष्ट्र सङ्घका लागि स्थायी नियोग प्रमुख अमृतबहादुर राईले नेपालको धारणा प्रस्तुत गर्नुभएको हो ।
राईले सम्बोधनको क्रममा अन्तर्राष्ट्रिय समुदायले खोपको उपलब्धतामा विस्तार गरेको भन्दै खोपलाई अन्तर्राष्ट्रिय सार्वजनिक वस्तुको रुपमा सहज पहुँच होस् भन्ने आह्वान गर्नुभयो । विभिन्न प्रतिवेदनमा यस वर्ष विश्वभर झन्डृ १० करोड मानिस गरिबीको चरम सङ्कट झेल्न विवश हुने र त्यसमध्ये धेरैजसो अल्पविकसित देशका हुने रिपोर्ट सार्वजनिक भएको छ । यसलाई चिन्ताको रुपमा लिन नेपालले अन्तर्राष्ट्रिय फोरममा जोडका साथ उठाउँदै आएको छ।
अन्तर्राष्ट्रिय समुदायलाई खाद्य, इन्धन र जलवायु परिवर्तनको सङ्कटको सामना गर्न सहकार्य गर्दै अगाडि बढ्न र दिगो विकासका लक्ष्य हासिल गर्नका लागि कार्यान्वयन गर्नुपर्ने विषयमा विगतमा भन्दा बढी सहकार्यको खाँचो रहेकोसमेत नेपालको धारणा रहेको छ।
प्रतिक्रिया