×

प्रचण्डले पोलिटब्युरो सदस्यको नाम पढेपछि माओवादीमा विवाद, ‘हामीले कहिल्यै अवसर नपाउने ?’

images

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक सय २५ सदस्यीय पोलिटब्युरो सदस्यको नाम पढेपछि केन्द्रीय कमिटी बैठकमा चर्को विरोध भएको छ । 

प्रचण्डले आफू निकटका व्यक्तिलाई मात्रै समावेश गरेर पोलिटब्युराे सदस्य नियुक्त गरेको भन्दै केही केन्द्रीय सदस्यले आपत्ति जनाएका हुन् । कमलादीको प्रज्ञा भवनमा चलिरहेको बैठकमा केही सदस्यले हलबाटै ‘सधैँभरि हामीले मात्रै त्याग गर्नुपर्ने, हामीले कहिल्यै अवसर नपाउने हो ?’ भन्दै प्रश्न गरेका छन् । विवाद भएपछि बैठक एक घण्टाका लागि स्थगित भएको छ ।

यही असार १९ गते आइतवारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा त्यही दिन र सोमवार केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए । बैठकमा अध्यक्ष दाहालले १० पेज लामो राजनीतिक प्रतिवेदन पेस गर्नुभएको थियो । 

बिहीबार २३ असार २०७९ ०५:०२ PM मा प्रकाशित

प्रतिक्रिया