दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय सचिन बुढाथोकीको खोजीकार्य तीव्र बनाउन गृहमन्त्री वालकृष्ण खाणले सुरक्षा निकाय प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
हिजो दार्चुला जिल्लास्थित ब्यास गाउँपालिका २ मा तुइनबाट भारत तर्फबाट नेपालतर्फ आउँदै गर्दा बेपत्ता भएका बुढाथोकीको खोजीकार्य तीव्र बनाउन मन्त्री खाणले निर्देशन दिएका छन् ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय, सशस्त्र प्रहरी बल सुदूरपश्चिम प्रदेश प्रमुख सशस्त्र प्रहरीका नायव महानिरीक्षक (डीआइजी) दुर्गाप्रसाद भट्टराई र नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख नायव महानिरीक्षक (डीआइजी) मोहन आचार्यलाई टेलिफोन गरी बेपत्ता बुढाथोकीको खोजीकार्य तीव्र पार्न निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक भट्टराईले सशस्त्र र नेपाल प्रहरी मिलेर रातिसम्म खोज्दा पनि फेला पार्न नसकेको बताए ।
प्रतिक्रिया