×

विशेष अदालतले पायो पूर्णता

images

अदालतमा तोकिनुभएका नवनियुक्त छजना न्यायाधीशले आज पदबहाली गर्नुभएको छ । न्याय परिषद्को यही फागुन ११ गतेको निर्णयानुसार तोकिनुभएका अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशहरू रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, बलभद्र बास्तोला र डा खुशीप्रसाद थारूले  पदबहाली गर्नुभएको हो ।
 
नवनियुक्त अध्यक्ष पौडेलले विशेष अदालतमा रहेका मुद्दालाई छिटोछरितो र प्रभावकारी रुपले टुङ्ग्याउन आफू र आफ्नो समूह प्रतिबद्ध रहेको उल्लेख गर्दै विशेष अदालत ऐन, २०५९ को मर्म र भावनाबमोजिम न्यायिक सुशासन कायम गर्न र मुद्दा व्यवस्थापनमा थप प्रभावकारिता अभिवृद्धि गर्न न्यायाधीश तथा कर्मचारीलाई आग्रह गर्नुभयो ।
 
 विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षेत्रीले अदालत व्यवस्थापनको सङ्क्षिप्त विवरणसहित अध्यक्ष तथा सदस्य न्यायाधीशहरूलाई स्वागत गर्दै सेवाग्राहीको सन्तुष्टि मापन सर्भेक्षणबाट मुद्दाको किनारा छिटोछरितो होस् भन्ने सरोकारवालाहरूको सुझाव अब कार्यान्वयन हुनेमा आफू आशावादी भएको र  न्यायाधीशहरूको आगमनले विशेष अदालतले पूर्णता पाएको बताउनुभयो

सोमबार २३ फागुन २०७८ ११:४५ PM मा प्रकाशित

प्रतिक्रिया