×

विनोद चौधरीको पहल सुस्ताको डुबान समस्या समाधान गर्न

images

सत्ता गठबन्धनको तर्फबाट नवलपरासी क्षेत्र नम्बर ०१ का प्रतिनिधि सभा सदस्य विनोद चौधरीले सुस्तामा हुने बाढी र डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका छन् । चौधरीले नारायणी नदीका कारण प्रत्येक वर्ष सुस्ता,  प्रतापपुरलगायत क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधान गर्न पहल अगाडि बढाएका हुन् ।

मतदाताले चौधरीसँग नारायणी नदीले हुने बाढी डुबानको दीर्घकालीन समस्या समाधान गर्न माग गरेपछि उनले आफ्नो पहल अगाडि बढाएका हुन् । सो क्षेत्रमा बाढीका कारण करिब १० हजार परिवार पीडित छन् । चौधरीले डुबानको समस्या समाधान गर्न दीर्घकालीन सिचाई योजना अगाडि बढाउनुपर्ने एजेण्डा अघि सारेपछि मतदाता चौधरीप्रति आशावादी बनेका छन् ।

आइतबार​ २० कात्तिक २०७९ ०३:४५ PM मा प्रकाशित

प्रतिक्रिया