×

दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म हुने

images

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद २०८२ साल फागुन १ देखि ७ गतेसम्म हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको परिषदको १२३औं बोर्ड बैठकले कर्णाली प्रदेशमा दशौँ राष्ट्रिय खेलकुद फागुन १ देखि ७ गतेसम्म गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने पूर्व धावक जितबहादुर केसीलाई २५ लाख नगद पुरस्कार दिन मन्त्रिपरिषदमा सिफारिस गर्नेलगायत निर्णय गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सहजीकरण गरेको बैठकमा राखेपका उपाध्यक्ष ध्रव आचार्य, युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, बोर्ड सदस्यलगायतको उपस्थिति रहेको थियो।

बिहीबार २१ कात्तिक २०८२ ११:१३ AM मा प्रकाशित

प्रतिक्रिया