×

नेपाल प्रिमियर लिग - क्रिकेटरहरूको भटाभट लिलाम जारी

images

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा प्रतिस जिसीलाई विरानगर किङ्सले किनेको छ । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म स्पिनर तथा अलराउन्डर जिसीलाई विराटनगरले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

एनपीएलको जारी अक्सनमा क्याटेगोरी बीका राईट आर्म पेसर वा अलराउन्डर रुपेशकुमार सिंहलाई जनकपुर बोल्ट्सले १० लाख रुपैयाँमा किनेको छ ।

यसैगरी एनपीएलका लागि सूर्य तामाङ लुम्बिनी लायन्समा आबद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स तामाङलाई लुम्बिनीले १५ लाख रुपैयाँमा किनेको हो । अक्सनमा १६२ खेलाडी दर्ता गरिएका छन् । एनपीएलमा प्रतिस जिसीलाई विरानगर किङ्सले किनेको छ । यस्तै,  एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म स्पिनर तथा अलराउन्डर जिसीलाई विराटनगरले १५ लाख रुपैयाँमा आफ्नो टोलीमा जोडेको हो ।

एनपीएलका लागि लोकेश बम विराटनगर किङ्ग्समा आवद्ध भएका छन् । एनपीएलको जारी अक्सनमा लेफ्ट आर्म अर्थोडक्स विकेट किपर ब्याट्सम्यान लोकेश बमलाई विराटनगरले १५ लाख रुपैयाँमा किनेको हो । यस्तै, नरेन्द्र भट्टलाई पनि विराटनगरले २ लाख रुपैयाँमा आवद्ध गरेको छ ।

नेपालका शीर्ष क्रमका भरपर्दा ब्याटर भीम सार्कीलाई नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले १५ लाख रुपैयाँमा लक्की ड्रमार्फत पाएको छ ।

उनले १० लाख न्यूनतम मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा काठमाडौं, कर्णाली र चितवनबीच प्रतिस्पर्धा भएको थियो । उच्चतम मूल्य १५ लाखमा काठमाडौंले लक्की ड्र मा भीम सार्कीलाई पाएको थियो । भीम नेपाली क्रिकेटमा भरपर्दा ब्याटरको रुपमा चिनिन्छन् । 

यस्तै  नेपालका मध्यक्रमका ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले पाएको छ ।

उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए । आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाडौंबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ पाएका हुन् । साथै पोखरा राइनोजले अक्सनमा क्याटेगोरी सी का दिनेश खरेललाई किनेको छ ।

न्यूनतम मूल्य राखेका उनलाई पोखराले मूल्य लगाएको हो । नेपाली घरेलु क्रिकेट उनले एक पटक मात्रै खेलेका छन् ।, २०२२ मा सेप्टेम्बरमा सम्पन्न नवौं राष्टिय प्रतियोगिता एनआरएनको टोलीबाट टियुमा खेलेका थिए । ओपनर उनी आक्रामक ब्याटिंगका लागि चिनिन्छन् । 

साथै स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन् । आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए ।

उनलाई लिन ६ टोलीले इच्छा जनाएका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध भएका हुन् । 

यस्तै तीव्र गतिका बलर नन्दन यादव नेपाल प्रिमियर लिगमा कर्णाली याक्समा बिक्री भएका छन् । न्यूनत मूल्य १० लाख राखेका उनलाई कर्णालीले मूल्य लगाएको हो ।

चितवनले मूल्य लगाएपछि ११ लाख पाएका हुन् । पछिल्लो समय नन्दन अष्टेलियाम रहेर अभ्यास गर्दै आएका छन् । त्यसअघि बागमतीबाट घरेलु क्रिकेट खेल्ने नन्दन तीव्र गतिसँगै तल्लो क्रममा राम्रो ब्याटिंग गर्दछन् । बाउन्सरको लागि उनी चिनिन्छन् ।

यस्तै नेपालका डेथ ओभर स्पेसलिष्ट बलर अभिनाश बोहरा १२ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्समा बिक्री भएका छन् ।

न्यूनतम १० लाख रुपैयाँ राखेका उनलाई किन्न कर्णाली याक्स र सुदूरपश्चिमबीच प्रतिस्पर्धा भएको थियो । तर, कर्णालीले साढे ११ लाख पछि मुल्य लगाउन चाहेन । अन्य टोली पनि खासै रुची देखाएनन् । त्यसैले १२ लाखमा सुदूरपश्चिमले पाएको हो । अभिनाश टी२० विश्वकपपछि नेपालको टोलीमा छैनन् । पछिल्लो समय त्यति राम्रो प्रदर्शन नहुँदा खासै महँगो मूल्य पाउन सकेनन् ।

यस्तै  युवा विकेटकिपर अर्जुन घर्तीलाई नेपाल प्रिमियर लिगमा १० लाख रुपैयाँमा कर्णाली याक्सले किनेको छ । कर्णालीबाट घरेलु क्रिकेट खेल्ने उनी विकेटकिपरसँगै आक्रामक ब्याटर हुन् । घरेलु क्रिकेटमा मध्यक्रममा उनले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् ।

क्याटेगोरी बी ५ लाखमा नाम राखेका उनलाई किन्न विराटनगर, काठमाडौं र कर्णालीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्र मा कर्णालीले आफ्नै क्षेत्रको खेलाडी पाएको हो ।

यस्तै  नेपालका युवा ब्याटर देव खनाललाई नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले न्यूनतम १० लाख रुपैयाँमा किनेको छ । नेपालबाट यू१९ क्रिकेटमा तीन शतक हान्ने एक्लो खेलाडी उनलाई कर्णालीले न्यूनतम मूल्य पाएको हो । देव ओपनिङ र तेस्रो नम्बरमा ब्याटिङ गर्ने गर्दछन् । नेपालबाट खेली सकेका छन् ।

 

आइतबार​ २० असोज २०८१ ०७:२४ PM मा प्रकाशित

प्रतिक्रिया