×

घट्यो सुनको मुल्य

images

काठमाडौं। नेपाली स्थानीय बजारमा आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। महासंघका अनुसार चाँदी तोलामा ४० रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कायम भएको छ। अन्तर्राष्ट्रिय बजारमा भएको उतारचढावका कारण स्थानीय बजारमा पनि मूल्य घटबढ भएको हो।

आइतबार​ २१ भदौ २०८३ ०१:१८ PM मा प्रकाशित

प्रतिक्रिया