×

देशभर बिहीबारसम्म भारी वर्षा हुने

images

काठमाडौं । मौसम विज्ञान विभागले पर्सि बिहीबारसम्म देशभर साधारणदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ ।

कोशी,, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरूमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबार जनाएको छ । बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश एक–दुई स्थानमा अति भारी वर्षा हुने महाशाखाको अनुमान छ ।


वर्षाका कारण कतिपय क्षेत्रमा भू–क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहने छ ।

ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन–जीवन, कृषि, स्वास्थ्य, पर्यटन,सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

मङ्गलबार २२ साउन २०८१ ०६:२१ AM मा प्रकाशित

प्रतिक्रिया